बिहिवार, आश्विन २९ गते २०८३

रवि लामिछानेलाई आज साँझ काठमाडौं ल्याइँदै

बिहिवार , मंसिर १३, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज साँझ काठमाडौं लगिने भएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार सभापति लामिछानेलाई बिहीबार अपराह्न ५ बजे बुद्ध एयरको जहाजबाट काठमाडौं लगिनेछ।  सहकारी ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई कास्की प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको थियो। सभापति लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ। लामिछानेलाई काठमाडौं लगेर बयान लिइनेछ।

सभापति लामिछानेमाथि स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको पनि अभियोग छ। जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले पनि लामिछानेलाई आज अपराह्न पोखराबाट काठमाडौं ल्याउन लागिएको बताएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार