बिहिवार, आश्विन २९ गते २०८३

रामेछापमा गाडी दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु

शुक्रवार , मंसिर १४, २०८१

काठमाडौं । काठमाडौंबाट रामेछाप गइरहेको फोर्स गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

रामेछापकै गोकुलगंगा गाउँपालिका-६ सिमलडाँडामा भएको उक्त दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गाडी ३ सय मिटर तल खसेको छ । मृत्यु हुनेमा २ पुरुष, २ जना महिला र एक बच्चा रहेको प्रहरीले जनाएको छ । गाडीमा ८ जना सवार रहेकोमा ३ जना घाइतेको उद्धार गरिएको छ ।

मृतकहरूको सनाखत हुन बाँकी छ । रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले घाइते ३ जनामध्ये २ जनालाई स्थानीय अस्पतालमा पुर्‍याइसकेको र एकजनाको उद्धार भइरहेको छ । सीडीओ पौडेलले गोकुलगंगा-४ का वडा अध्यक्ष रामचन्द्र बस्नेत पनि गाडीमा सवार रहेको जानकारी आएको बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार