आइतवार, कार्तिक ९ गते २०८३

प्रश्न तयार गर्ने व्यक्ति पनि परीक्षार्थी 

बुधवार , श्रावण २०, २०७८

काठमाडौं । सुन्दा अचम्म लाग्न सक्छ तर यस्तै एउटा घटना फेला परेको छ । संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा जान नेपाल प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि-स्याट)को प्रश्नपत्र ‘लिक’ भएको घटनामा छानविन गर्दा प्रश्नपत्र बनाउने व्यक्तिनै परिक्षर्थी भएको फेला परेको छ । प्रश्नपत्र ‘लिक’ भएको आशङ्कामा प्रहरी हेडक्वार्टरले आन्तरिक छानबिन गरिरहेको छ । 

परीक्षाको प्रश्नपत्र प्रहरी हेडक्वार्टरको युएन शाखाले तयार गरेको थियो । परीक्षामा सो शाखामा कार्यरत डिएसपी वासुदेव पाठक र इन्स्पेक्टर दिनेश पुन पनि सहभागी भएको पाइएको छ । पुन भर्खरै इन्स्पेक्टरमा बढुवा भएका हुन् । 

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको सचिवालयका डिआईजी वसन्त लामा नेतृत्वको टिमले घटनाबारे छानबिन गरिरहेको छ । साउन १५ र १६ मा प्रहरी हेडक्वार्टर तथा ७ वटा प्रदेशमा सञ्चालित परीक्षामा २ हजार ४ सय परीक्षार्थी सहभागी भएका थिए । 

डिएसपी पाठक र पुनको योजनामा ४ सेटको प्रश्न तयार गरेर आफ्नो टिमलाई सजिलो प्रश्न पर्ने गरी सेटिङ गरिएको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले बताए । पाठक र पुनले साउन १५ मा पहिलो सिफ्टमा जाँच दिएका थिए । 

सो सिफ्टका लागी पदम राईले लेखेको पुस्तकको पहिलो पेजमा रहेको ‘सुटिङ’ सम्बन्धी प्यासेज राखिएको थियो । प्रश्नपत्रको अन्य ३ सेटको तुलनामा सो प्रश्न किनै सजिलो भएको परिक्षार्थीहरु बताउँछन् । 

पहिलो सिफ्टको परीक्षा दिएर पाठक र पुन दोस्रो सिफ्टको परीक्षा सञ्चालनमा सहभागी भएका थिए । परीक्षामा सहभागी भए पनि दुई जना अधिकृत प्रश्नपत्र निर्माणमा सहभागी नभएको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले बताए । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार