बुधवार, आश्विन १४ गते २०८३

बिद्रोहीले कब्जा गरेको इलाकामा सिरिया र रूसको संयुक्त हवाइ हमला

मंगलवार , मंसिर १८, २०८१

एजेन्सी । सिरिया र रुसका सेनाले बिद्रोहीलाई अघि बढ्न नदिन हवाई हमलालाई तीव्र पारेका छन् ।

राष्ट्रपति बसर अल असदको सरकारले विपक्षी लडाकुहरूको प्रगतिलाई सुस्त पार्ने प्रयासमा सिरियाली र रुसी जेट विमानहरूले इडलिब शहर र एलेप्पोको स्थानहरूमा हवाई आक्रमणलाई तीव्र बनाएका हुन ।

सिरियाको लामो समयदेखि चलिरहेको युद्धलाइ बढवा दिदैँ एलेप्पो शहर कब्जा गरे पछि सिरिया र रूसले संयुक्त आक्रामण सुरू गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

यसैबीच, सिरियाको विपक्षी दलका एक सदस्यले सरकार राजनीतिक संक्रमणमा सहमत नभएसम्म युद्ध जारी राख्ने जनाएका छन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार