काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक र रानी जेट्सुन पेमा वाङ्चुक शुक्रबार काठमाडौँ आउने भएका छन् । उनीहरु निजी भ्रमणको सिलसिलामा काठमाडौँ आउन लागेका हुन् ।
उनीहरू भारत भ्रमण सकेर फर्कने क्रममा काठमाडौं आउन लागेको स्रोतले जनाएको छ । भुटानका राजा–रानीले मंसिर २० देखि २१ गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने कार्यक्रम छ ।
भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार भुटानका राजा–रानी स्थानीय समयअनुसार बिहीबार बिहान ९ः१० बजे नयाँदिल्ली पुग्नेछन् ।