काठमाडौं । सिरियाका राष्ट्रपति बसर अल असाद राजधानी दमिस्क छाड्न बाध्य भएका छन् । विद्रोहीहरु प्रमुख शहरहरु कब्जा गर्दै राजधानी प्रवेश गरेपछि राष्ट्रपति असादले राजधानी छाडेका हुन् ।
रोयटर्सले सिरियाका दुई वरिष्ठ अधिकारीको स्रोत उद्धृत गर्दै राष्ट्रपति बसर अल असदले राजधानी छाडेको समाचार लेखेको छ । यद्यपि उनी राजधानी छाडेर कहाँ गए भन्ने उल्लेख छैन ।