बुधवार, आश्विन १४ गते २०८३

सिरियाली राष्ट्रपति असदको अझै लागेन पत्ता

सोमवार , मंसिर २४, २०८१

एजेन्सी ।  सिरियाका राष्ट्रपति बसर अल असाद राजधानी दमिस्क छाड्न बाध्य भएका छन् । विद्रोहीहरु प्रमुख शहरहरु कब्जा गर्दै राजधानी प्रवेश गरेपछि राष्ट्रपति असादले राजधानी छाडेका हुन् ।

सिरियाली राष्ट्रपति असद कहाँ छन् ? अझै स्पष्ट हुन सकेको छैन् । न त उनले कुनै सार्बजनिक अभिब्यक्ति नै दिएका छन् ।सिरियामा धेरैले बसर अल असदको लामो शासनको अन्त्यको उत्सव मनाइरहदाँ उनको ठेगानाको बारेमा अफवाहहरू फैलिरहेको छ । असदको निकै पुरानो र घनिष्ट साथी राष्ट्र रुसले भनेको छ कि उनी सिरियाबाट भागेका छन् ।

तर, वास्तवमा कहाँ छन भन्ने अहिलेसम्म स्पष्ट खुलाइएको छैन। शान्तिपुर्ण रूपमा सत्ता हस्तान्तरणका लागि उनले देश छाडिसकेको रूसले बताएको थियो ।

विद्रोहीहरूले राजधानीमा व्यापक आक्रमण र प्रमुख स्थानहरू कब्जा गरेपछि दमास्कसलाई असद मुक्त घोषणा गरेदेखि असदलाई देखेको वा सुनिएको छैन। उनकी श्रीमती र दुई छोराछोरीको अवस्थाका बारेमा पनि कसैलाइ थाहा छैन । त्यहाँको सरकारले पनि कुनै जानकारी दिएको छैन । विद्रोह सुरु भएदेखि र विद्रोहीहरूले देशमा द्रुत गतिमा अगाडि बढेपछि असदले आफुलाइ कमै रूपमा प्रस्तुत गरेका थिए । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार