मैदुगुरी - नाइजेरियाको जाम्फारा राज्यमा बन्दुकधारीहरूले कम्तीमा ५० जनालाई अपहरण गरेका छन् ।
बन्दुकधारीहरूको एक समूहले नाइजेरियाको उत्तरपश्चिमी जाम्फारा राज्यको काकिन दावा गाउँमा छापा मारेर ५० भन्दा बढी महिला र बालबालिकालाई अपहरण गरेका हुन ।
स्थानिय प्रहरीका अनुसार बन्दुकधारीहरूद्वारा फिरौतीको लागि अपहरण गरेका हुन्, जसलाइ स्थानीयले डाकुहरू भनेर चिन्दछन् । उत्तर पश्चिमी क्षेत्रमा उच्च स्तरको गरिबी, बेरोजगारी र अवैध हतियारको फैलावटका कारण यहाँ दिनहुँ हत्या र अपहरण हुने गरेको छ ।
जाम्फारा प्रहरीले घटना आइतबार भएको र यस क्षेत्रमा थप सुरक्षा बल तैनाथ गरिएको बताएको छ, उनीहरूको खोजी कार्य मंगलबारसम्म पनि जारी रहेको छ ।
स्थानिय बासिन्दाहरूले भने कि मोटरसाइकलमा सवार दर्जनौं आक्रमणकारीहरू गाँउमा आएका थिए, ती सबैजसोले राइफल बोकेका थिए । ती सशस्त्र समुहले घर–घर गएर बासिन्दाहरूलाई अपहरण गरेका थिए ।