काबुल । अफगान शरणार्थी मन्त्रीको राजधानी काबुलमा बुधबार मन्त्रालयको कार्यालयमा भएको आत्मघाती बम विस्फोटमा मृत्यु भएको सरकारी स्रोतले एएफपीलाई बताएको छ ।
अधिकारीले भने, ‘दुर्भाग्यवश शरणार्थी मन्त्रालयमा विस्फोट भयो र मन्त्री खलिल उर(रहमान हक्कानी आफ्ना केही सहकर्मीहरूसहित शहीद भए ।’
तालिवानको समयमा सबैभन्दा धेरै हिंसात्मक आक्रमणहरूको लागि जिम्मेवार हक्कानी नेटवर्कको स्थापना गर्ने जलालुद्दीन हक्कानीका भाइ थिए । उनी वर्तमान आन्तरिकमन्त्री सिराजुद्दिन हक्कानीका काका पनि थिए ।