बिहिवार, आश्विन १५ गते २०८३

लेबनानले माग्यो विश्व समुदायसँग सहयोग 

बिहिवार , श्रावण २१, २०७८

काठमाडौं । लेबनानले मुलुक गम्भीर संकटमा पुगेकाको भन्दै सहयोगका लागि विश्व समुदायलाई अनुरोध गरेको छ । राष्ट्रपति मिचेल औनले बुधबार मुलुक अति अप्ठ्यारो अवस्थामा पुगेको बताउँदै सहयोग गर्न सबैलाई अनुरोध गरेका हुन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको वक्तव्यमा विश्व समुदायको सहयोग अत्यावश्यक भइसकेको उल्लेख गरिएको छ । विकासमा धेरै पछाडि परेको मुलुक लेबनानमा अहिले अकल्पनीय तरिकाले गरिबी बढिरहेको छ । कोरोनाभाइरसको महामारीले पनि लेबनानलाई नराम्रोसँग थला पारेको छ । महामारीका कारण औषधिको अभाव र स्वास्थ्य सेवामा समस्या भइरहेको छ । 

सरकारी अधिकारीहरूका अनुसार सिरियाबाट विस्थापितहरूको ठूलो भार पनि लेबनानलाई नै परेको छ । त्यसैले लेबनानलाई सहयोगको खाँचो परेको उनीहरूले बताएका छन् । लेबनानमा अहिले विद्युत् तथा पानीसम्बन्धी सेवाका लागि भौतिक संरचनाहरू निर्माण तथा मर्मत गर्न सहयोगको आवश्यकता रहेको छ । त्यसैगरी लेबनानको सैनिकलाई पनि सहयोगको खाँचो रहेको राष्ट्रपतिले उल्लेख गरेका छन् । 

बेरूत नाकालाई पूर्णरूपमा सञ्चालनमा ल्याउनका लागि चाहिने सहयोग आफूहरूका लागि सबैभन्दा प्राथमिकतामा रहेको जनाइएको छ । बेरूत नाका देशको अर्थतन्त्रका लागि ठूलो कोसेढुङ्गा भए पनि अहिले सञ्चालन नभएकाले समस्या भएको जनाइएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार