सोमवार, श्रावण २५ गते २०८३

यी हुन् त्रिविमा नियुक्त भएका ८ डीन र ३ निर्देशक

आइतवार , मंसिर ३०, २०८१

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को कार्यकारी परिषद्ले ८ डीन नियुक्त गरेको छ ।

शनिबार डीन नियुक्त गरिएको रजिस्ट्रार केदार प्रसाद रिजालले जानकारी दिए । सर्वसम्मतिले डीन नियुक्त गरिएको हो । 

छनोट समितिले सिफारिस गरेका तीन जनामध्ये पहिलो नम्बरमा रहेकालाई गर्ने कि अर्को छान्ने भन्नेमा  विवाद थियो । वर्णानुक्रम अनुसार नाम भएकाले तीन जनामध्ये एक जना छान्ने नीति परिषद्ले लिएको हो ।

प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीले ७ पुस भित्र नियुक्त गर्न निर्देशन दिएका थिए ।

को को बने डिन ?

शिक्षाशास्त्र संकाय -प्राडा बेदराज आचार्य

वन विज्ञान अध्ययन संस्थान- सहप्राध्यापक  ठाकुर सिलवाल

चिकित्साशास्त्र अध्ययन संस्थान- प्राडा मोहोनराज शर्मा

मानविकी तथा सामाजिकशास्त्र – प्राडा द्विविनन्द ढकाल

व्यवस्थापन संकाय –  प्राडा महानन्द चालिसे

विज्ञान तथा प्रविधि अध्ययन संस्थान- प्राडा शंकर खनाल

कृषि र पशुविज्ञान अध्ययन संस्थान -सहप्राध्यापक डा.किशोरचन्द्र दाहाल

इन्जिनियरिङ अध्ययन संस्थान  प्राध्यापक  डा. सुशीलबहादुर बज्राचार्य

यी हुन् तीन निर्देशक 

शिक्षा विकास तथा अनुसन्धान केन्द्रको निर्देशक डा. सहप्राध्यापक राजेन्द्र कुँवर

व्यवहारिक तथा प्रविधि अनुसन्धान केन्द्रको निर्देशक प्राडा मिनाराज भण्डारी

योजना निर्देशनालयका निर्देशकमा सहप्राध्यापक डा. लक्ष्मीकान्त शर्मा

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार