काठमाडौं । सेवाग्रहीले अनियमितताको आरोप लगाएपछि दाम्लोले बाँधेर कुटपिट गर्ने वडाध्यक्ष पक्राउ परेका छन् । जाजरकोटको जुनिचाँदे गाउँपालिका-२ का वडाध्यक्ष रामबहादुर नेपालीलाई बिहीबार जाजरकोट प्रहरीले पक्राउ गरेको हो ।
तर कुटपिटको घटना भने साउन १५ गते भएको हो । स्थानिय सर्पे दमाइले सामाजिक सुरक्षा भत्ता बितरण भैरहेका बेला आएर हो हल्ला गरेका कारण कुटपिट गरिएको भनिएको छ । तर उनले मदिरा सेवन गरेको भएपनि सामाजिक सुरक्षा भत्तामा अनियमितता भएको विषय उठाएका कारण वडाध्यक्ष कुटपिटमा उत्रिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
त्यसरी युवाई डोरीले बाँधेर निर्घाट कुटिएको भिडियो अहिले सामाजिकसंजालमा भाइरल भएको छ । जनप्रतिनिधीबाट यस्तो अमानविय घटना भएको भन्दै विरोध भैरहेको छ । पीडितले अहिलेसम्म जाहेरी दिएका छैनन् । पीडितको बयान, घटनाको प्रकृति र भिडियोलाई आधार मानेर कानूनी कारबाही हुने प्रहरीले जनाएको छ । पीडितलाई पनि सदरमुकाम बोलाइएको छ