मंगलवार, आश्विन २० गते २०८३

एमालेलाई मीनबहादुरले दिएको जग्गा दानविरुद्धको रिट खारेज

सोमवार , पौष १, २०८१

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेको केन्द्रीय कार्यालय भवन निर्माणका लागि भाटभटेनीका मीनबहादुर गुरुङले दान गरेको जग्गा सम्बन्धित पक्षले भवन बनाउन पाउने बाटो खोलिदिएको छ ।

न्यायाधीश अब्बुल अजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले सोमबार सो जग्गा दान रोक्का गर्न दायर गरेको रिट खारेज गरेसँगै एमाले र मीनबहादुरबीच जग्गा पास गर्ने बाटो खुलेको हो ।

एमालेको पक्षबाट बहस गरेका कानून व्यवसायीहरुले दान, दातब्य, बकसपत्र जस्ता विषयको छिनोफानो सुरु अदालतबाट हुनुपर्ने भन्दै रिटबाट हेर्न नमिल्ने जिकिर गरेका थिए । सोही तर्ककै आधारमा दिने र लिने सहमत भएको विषयमा अन्यथा सरकारी जग्गा वा विवाद नभएको अवस्थामा अदालत प्रवेश गर्न नमिल्ने ठहर भएको बहसमा सहभागी अधिवक्ता राजाराज घिमिरेले बताए ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार