काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपयोग गर्न दिइने बताएकी छिन् । बिहीबार मन्त्रालयमा पूर्वऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीहरुसँगको छलफलमा मन्त्री भुसालले आफूले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपभोग गर्न दिने गरी तयारी अगाडि बढाएको बताएकी हुन् ।
विद्युतको घरेलु उपयोग जसले बढी गर्छ उसलाई विद्युत महशुल पनि कम गर्ने गरी आफूले तयारी गरिरहेको उनले जानकारी दिइन् । ऊर्जामन्त्री भुसालले सबै कृषियोग्य भूमिमा सिंचाइ पु¥याउनका निम्ति पनि आफू क्रियाशील रहने बताए ।
सिंचाइ निःशुल्क सेवा दिन सके विदेशी तेल खपत गरेर पम्प, मोटर चलाउनुपर्ने अवस्थाको अन्त्य हुने र राष्ट्रिय अर्थतन्त्र बढ्ने उनको भनाइ थियो । सिंचाइको सुविधा पु¥याएर युवा जनशक्तिलाई कृषिमा आर्कषित गर्ने योजना रहेको उनले उल्लेख गरिन् ।