मंगलवार, आश्विन २० गते २०८३

एकीकृत समाजवादीले आज नेताहरूको जिम्मेवारी तोक्ने

मंगलवार , पौष २, २०८१

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको  स्थायी कमिटी बैठक आज पनि जारी रहने छ । आजको बैठकमा नेताहरूको जिम्मेवारी तोक्ने पार्टीको तयारी छ । 

पार्टीको सुदृढीकरण, आगामी निर्वाचनको तयारी, राजनीतिक तथा भूराजनीतिक चुनौतीलगायतका विषयबारे आधिकारिक निर्णय पनि आज सार्वजनिक गरिने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए । 

मङ्सिर २६ गतेदेखि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक जारी छ । छलफलमा नेताहरूले कुनै पार्टीसँग एकीकरण गर्न नहुनेमा जोड दिँदै आएका छन् । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार