काठमाडौँ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले निर्वाचन आयोगमा दर्ता हुने निर्णय गरेको छ ।
कपिलवस्तुको शिवगढीस्थित केन्द्रीय कार्यालयमा गएको मंसिर २७ गतेदेखि सुरु भएर हिजो (मंगलबार) सकिएको ९ औँ केन्द्रीय समितिको छैठौँ पूर्ण बैठकले पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको हो ।
‘२०८४ को निर्वाचनमा सहभागी हुनेगरी पार्टी दर्ता प्रक्रिया अघि बढाउने निर्णय केन्द्रीय समिति बैठकले गरेको छ जनाइएको छ ।त्यसैगरि बैठकले आगामी फागुन ५ गतेबाट भ्रष्टाचारविरुद्ध मेची महाकाली मार्च अभियान चलाउने पनि निर्णय गरेको छ।