काठमाडौँ । दुर्गा प्रसाईँलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।
न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले सीआईबीलाई महान्यायाधिवक्ता कार्यालयमार्फत २४ घण्टाभित्र लिखित जवाफसहित सर्वोच्चमा उपस्थित गराउन आदेश दिएको हो।
प्रसाईँका तर्फबाट उनका छोरा निराजन प्रसाईँले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनम सर्वोच्चले यो आदेश जारी गरेको हो।यसअघि साइबर अपराधको कसुरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले मंसिर २७ गते धरौटी छाड्न आदेश दिएको थियो।
प्रसाईंले अदालतले मागेअनुसार ४० हजार रुपैयाँ धरौटी जम्मा गरे पनि सीआईबीले तत्कालै नियन्त्रणमा लिएको थियो। साइबर अपराधमा छुटे पनि आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान भइरहेकाले तत्काल छाड्न नमिलेको सीआईबीको भनाइ थियो।