मंगलवार, आश्विन १३ गते २०८३

कर्णाली अब फाइनल पुग्ने विश्वास जाग्यो : सोमपाल

बुधवार , पौष ३, २०८१

काठमाडौँ । कर्णाली याक्सका कप्तान सोमपाल कामीले लिगका प्रदर्शन र नतिजा भुलेर प्लेअफमा नयाँ प्रतियोगिताका रूपमा हेरेर खेलेको बताएका छन्।

चितवन राइनोजमाथि जित हात पारेपछि पत्रकार सम्मेलनमा कर्णालीका कप्तान सोमपालले यसअघि जे जस्तो प्रदर्शन भए पनि प्लेअफमा नयाँ प्रतियोगिताका रूपमा लिएको प्रतिक्रिया दिएका हुन्।

उनले टस जिते पनि आफ्नो लक्ष्य ब्याटिङ गर्ने नै लक्ष्य रहेको उल्लेख गरे। यसअघि ब्याटिङमा राम्रो सुरुवात चाहे पनि पाउन नसक्दा विकल्प खोजिरहँदा जयकिसन कोल्सावालालाई भित्र्याएको उनको भनाइ छ।

अगाडिदेखि नै नेपाली क्रिकेटबारे जानकार कोल्सावालासँग कुराकानी पनि भइरहेको उनले खुलाए। दिएको जिम्मेवारीअनुरूप कोल्सावालाले राम्रोसँग काम गरेको सोमपालको भनाइ छ।

सोमपालले लिगमा आफ्नो टोली प्लेअफसम्म पुग्दैन कि भन्ने चिन्ता रहेको बताए तर बलरहरूले राम्रो गरेर यहाँसम्म ल्याएको सुनाए। अब फाइनलसम्मको लक्ष्य देखेको उनी बताउँछन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार