मंगलवार, आश्विन २० गते २०८३

परराष्ट्रमन्त्री आरजु जर्मनीबाटै भारत प्रस्थान

बिहिवार , पौष ४, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जर्मनीको राजधानी बर्लिनबाट भारतको नयाँ दिल्ली प्रस्थान गरेकी छन् ।

परराष्ट्रमन्त्री देउवाले बेल्जियम, नेदरल्याण्ड्स र लक्जेम्बर्गको भ्रमणपश्चात जर्मनीको भ्रमण गरेकी थिइन् । जर्मनीमा रहँदा उनले यौनिक र लैङ्गिक अल्पसङ्ख्यकहरूको अधिकारसम्बन्धी सम्मेलन–२०२४ मा सहभागिता जनाएकी थिइन् ।

सो अवसरमा परराष्ट्रमन्त्री देउवाले लैङ्गिक अल्पसङ्ख्ययकहरूले विश्वभर सामना गर्नुपरेका हिंसा, उत्पीडन र प्रणालीगत असमानताका चुनौतीहरूबारे चर्चा गरिन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार