काठमाडौं । संसद् नचलेका सुस्ताएको भन्दै चौतर्फी आलोचना भएपछि संसदीय समिति सक्रिय हुन थालेका छन्। बिहीबार पाँच संसदीय समितिको बैठक डाकिएको छ।
महिला तथा सामाजिक मामिला समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, राज्यव्यवस्था समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो।
महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा महिलाविरुद्ध हुने सबै प्रकारका विभेद उन्मुलन सम्बन्धी महासन्धी (सिडअ)को आधारभूत सिफारिस नम्बर ३९ का सम्बन्धमा छलफल हुनेछ।
यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि ११ बजे नै बस्नेछ। बैठकमा स्थलगत अनुगमन प्रतिवेदनका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।