बुधवार, आश्विन २८ गते २०८३

धापासीको एक घरमा भीषण आगलागी

बिहिवार , पौष ४, २०८१

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका वडा नं. ६ धापासीस्थित शिव मन्दिर हाइटमा आगलागी भएको छ ।

टोखा नगरपालिका ६, धापासीस्थित भाइकाजी श्रेष्ठको साढे तीन तलाको घरमा आगलागी भएको हो । उक्त घर पूर्णत जलेको छ । बिहीबार साँझ साढे ५ बजे उक्त घरको माथिल्लो तलाबाट आगो लाग्न सुरु भएकोबारे प्रहरीले सूचना पाएकाे थियो ।

काठमाडौं, ललितपुर, भक्तपुर लगायतबाट दमकल पुगेर आगो नियन्त्रणमा लिने कार्य भइरहेको प्रहरीले जनाएको छ । उद्धारमा नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाउने कार्य भइरहेको प्रहरीको भनाइ छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार