बुधवार, आश्विन १४ गते २०८३

ट्रम्पसँग वार्ता गर्न पुटिन तयार

बिहिवार , पौष ४, २०८१

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न तयार रहेको बताएका छन्। 
पत्रकार सम्मेलनका क्रममा बिहीबार पुटिनले आगामी राष्ट्रपतिसँगको भेटलाई स्वागत गर्ने बताएका हुन् ।

‘मलाई थाहा छैन, म उहाँलाई कहिले भेट्न जाँदैछु । यसबारे ट्रम्पको भनाइ सार्वजनिक भएको पनि छैन । मैले उहाँसँग चार वर्ष भन्दा लामो समयदेखि कुरा गरेको पनि छैन । तर म यसका लागि कुनै पनि समय तयार छु’, पुटिनले भनेका छन् ।

अमेरिकामा गत नोभेम्बर ५ मा भएको चुनावबाट राष्ट्रपतिमा निर्वाचित ट्रम्पले आगामी जनवरी २० मा पदभार ग्रहण गर्दैछन् ।राष्ट्रपतिमा निर्वाचित भएलगत्तै उनले पदभार ग्रहण गरेको केही घण्टाभित्रै युक्रेनमा शान्ति सम्झौता गर्ने बताएका थिए । पदभार ग्रहण गरेसँगै ट्रम्पले युक्रेनलाई मस्कोका लागि अनुकूल सर्तबारे शान्ति सम्झौताका लागि बाध्य पार्ने ठानिएको छ ।
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार