आइतवार, कार्तिक ९ गते २०८३

लुम्बिनी प्रदेशको विशेष अधिवेशन साउन २७ का लागी आह्वान

बिहिवार , श्रावण २१, २०७८

काठमाडौं । लुम्बिनी प्रदेशको विशेष अधिवेसन साउन २७ गतेका लागी आव्हान गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको विशेष अधिवेशन साउन २७ गते बुधबार १ बजेका लागि अधिवेशन आह्वान गरेका हुन् । 
प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले जारी गरेको विज्ञप्तिअनुसार संविधानको धारा १८३ को उपधारा ३ बमोजिम शेरचनद्वारा विशेष अधिवेशन आह्वान गरिएको हो ।

साउन १८ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । उनीहरुले उक्त अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन पनि बोलाउन प्रदेश प्रमुखसमक्ष माग गरेका थिए ।

lumbini.jpg

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार