काठमाडौँ । कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई अहिले जिल्ला अदालत (कास्की) पुर्याइएको छ।
उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अभियोगपत्र दर्ता गर्न जिल्ला सरकारी वकिलको कार्यालयले उनलाई अदालत उपस्थित गराएको हो।