मंगलवार, आश्विन २० गते २०८३

अदालतमा रविले भने- सहकारीको रकम मेरो पेटमा एक रुपैयाँ पनि परेको छैन

आइतवार , पौष ७, २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई थाहा दिए कर्तुत बाहिरिने डरले गैरकानूनी तरिकाले हिसाब मिलान गरेको बयान दिएका छन्। उनले जिल्ला सरकारी वकिल कार्यालय कास्की समक्ष कर्तुत बाहिरिने डरले गोप्य रुपमा गैरकानूनी तरिकाले हिसाब मिलान गरेको वयान दिएका हुन् ।

उनले गैरकानूनी ढंगबाट ऋण लिइएको जानकारी आफुलाई नभएको बताएका छन् । आफू गोर्खा मिडियामा हुँदासम्म कम्पनी नलिएको लामिछानेले दाबी गरे । ‘बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने कुनै कार्य म कम्पनीमा रहँदा सम्म भए गरेको छैन सहकारीको रकम अपचलन गर्नमा मेरो कुनै नि किसिमको मिलेमतो संलग्नता रहेको छैन’, उनले भनेका छन् ।
रविले सहकारीको एक रुपैयाँ पनि आफू नखाएको बताएका छन् । संसदीय छानबिन समितिको प्रतिवेदनमा संलग्नता नरहेको पुष्टि भएको उनले बताए ।

उनले भने, ‘सहकारीको रकम मेरो पेटमा एक रुपैयाँ वरावर पनि परेको छैन । सहकारीको रकम अपचलन गर्नमा मेरो संलग्नता नभएको कुरा सदीय छानबिन विशेष समितिले पेश गरेको प्रतिवेदनमा समेत स्पष्ट रूपमा उजागर भई सकेको अवस्था छ ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार