बुधवार, आश्विन १४ गते २०८३

ब्राजिलमा निजी प्लेन बस्तीमा खस्दा १० जनाको मृत्यु

सोमवार , पौष ८, २०८१

काठमाडौं । पर्यटकमाझ लोकप्रिय ब्राजिलको ग्रामाडो शहरको एक बस्तीमा प्लेन दुर्घटना हुँदा पाइलटसहित १० जनाको मृत्यु भएको छ । एक दर्जन बढी घाइते भएका छन् ।

सुरक्षा अधिकारीहरुका अनुसार दुर्घटना भएको प्लेन निजी हो । सुरुमा एउटा घरको चिम्नीमा प्लेन ठोक्किएको थियो । त्यसपछि अर्को दुईतले घरमा ठोक्किएर मोबाइल फोनको पसलमाथि प्लेन खसेको थियो । प्लेन खसेपछि आगो लागेको थियो ।

प्लेन दुर्घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् । स्थानीय मिडियाहरुका अनुसार दुर्घटनामा मृत्यु हुनेमा एकै परिवारका चार जना सदस्यसमेत छन् । उनीहरु रियोग्राण्डे डो सुल राज्यको एक शहरबाट साओ पाउलो राज्यतर्फ गइरहेका थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार