काठमाडौँ । तीन कसूरमा मुद्दा दायर भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध आजदेखि थुनछेक बहस हुँदैछ । उक्त थुनछेक बहस पेसीमा तोकिएपछिमात्रै शुरु हुनेछ ।
पेसी गोलाप्रथाको आधारमा हुनेछ । जिल्ला अदालत कास्कीमा ६ जना न्यायाधीश छन् । गोलाप्रथाबाटै उनको मुद्दा कसको भागमा पर्ने भन्ने छिनोफानो हुनेछ ।