मंगलवार, आश्विन २० गते २०८३

निकोलसलाई पोखरा पठाइँदै

सोमवार , पौष ८, २०८१

काठमाडौं । रविको हिरासत तस्बिर सार्वजनिक गर्ने निकोलस भुसाललाई प्रहरीले आवश्यक कानुनी कारबाहीका निम्ति पोखरा पठाउँदैछ ।

आइतबार बेलुकी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भुसाललाई काठमाडौंमा पक्राउ गरेको थियो ।रातभरि जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएका उनलाई अहिले बिहानै पोखरा पठाउन लागिएको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए ।

भुसालले सहकारी ठगी तथा संगठित अपराधको कसुरमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएका रास्वपाका सभापति रवि लामिछानेको फोटो बिहीबार सामाजिक सञ्जालबाट सार्वजनिक गरेका थिए । त्यसपछि उनलाई कारबाही गर्ने भनी कास्की प्रहरीले विज्ञप्ति जारी गरेको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार