मंगलवार, आश्विन २० गते २०८३

रवि लामिछानेसहित ५ जनालाई अदालत उपस्थित गराइयो

सोमवार , पौष ८, २०८१

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसहित ५ जनालाई बयानका लागि आज  कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

रविसहित पूर्व डीआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हर्ब्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरूङलाई अदालत उपस्थित गराइएको हो ।

आइतबार उनीहरुविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएकाले आजदेखि बयान हुने छ । त्यसपछि थुनछेक बहस हुने अदालतले जनाएको छ । आजबाट अभियोगअनुसार प्रतिवादीको बयान थालिएको हो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार