काठमाडौँ । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा जोडिएका प्रतिवादीहरुको बयान आज पनि जारी रहने छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले प्रतिवादीहरुविरुद्धको अभियोग पत्र जिल्ला अदालतमा दायर गरेसँगै हिजोबाट बयान सुरु भएको छ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा उनीहरुको बयान हुनेछ । हिजो पहिलो दिन पूर्व डीआईजी एवं गोर्खा मिडिया नेटवर्ककका तत्कालीन सञ्चालक छविलाल जोशीको बयान भएको छ । आज पनि उनको बयान जारी रहने छ । आज उनको बयान सकिएमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलगायतको बयान हुनेछ ।