मंगलवार, आश्विन २० गते २०८३

ओलीको विरोधमा उत्रिन भीम रावलको अपिल

बिहिवार , पौष ११, २०८१

काठमाडौं । नेकपा एमालेबाट आफूलाई निष्काशन गर्ने निर्णयको विरोधमा उत्रिन भीम रावलले अपिल गरेका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत् रावलले आफूलाई निष्कासन गर्ने एमाले सचिवालय बैठकको निर्णयको विरोधमा समर्थन खोजेका हुन् ।

‘सबै देशभक्त, न्यायप्रेमी, सुशासन, सुनिश्चित प्रणाली तथा जनताको समृद्धि र उज्यालो भविष्यप्रति प्रतिबद्ध इमान्दार पार्टी कार्यकर्ता र जनसमुदायले केपी ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेमा म विश्वस्त छु,’ रावलले एक्समा लेखेका छन् ।

रावलले पार्टी सदस्यबाट आफूलाई हटाउने निर्णयलाई ओलीको सत्ताउन्माद, निरकुंश, स्वेच्छाचारी र तानाशाही निर्णय भनेका छन् ।

लामो समयसम्म ओलीसँग राम्रो सम्बन्ध नभएका रावललाई हिजो मात्रै एमालेले साधारण सदस्यबाट समेत हटाएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार