मंगलवार, आश्विन २० गते २०८३

शंकर पोखरेलले मुस्कुराउदैँ भने - एमालेबाट भीम रावल आफै निस्कनुभएको हो

शुक्रवार , पौष १२, २०८१

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पूर्वउपाअध्यक्ष भीम रावल आफै पार्टीबाट निस्किएको बताएका छन्। 

शुक्रबार चितवनमा प्रेस चौतारीले गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले रावललाई पार्टीले हटाएको नभई उनी आफै हटेको बताएका हुन्।

महासचिव पोखरेलले एमाले हुनका लागि एमालेको विधान र अनुशासनमा बस्नुपर्ने पनि बताए। 'पार्टीको हरेक निर्णय र नीतिहरूको विपक्षमा क्याम्पेन चलाएर हिँडेपछि पार्टी सदस्य हुँ भनिरहन मिल्छ?,' उनले भने, 'त्यसकारण रावलजीलाई हामीले निकालेको होइन उहाँ आफै निस्किएको हो भन्ने बुझ्छु।' 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार