मंगलवार, आश्विन २० गते २०८३

२ दिनमा सकियो रविको बयान

शुक्रवार , पौष १२, २०८१

काठमाडौँ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेका वयान सकिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधिश नीतिज राईको इजालासमा बिहीबार र शुक्रबार दुई दिन गरी रविको वयान लिइएको हो ।योसँगै रविसहित पूर्वडिआईजी छविलाल जोशी र लिला पछाईको वयान सकिएको छ ।

पूर्वसांसद मिना गुरुङ, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, आरती गुरुङको बयान लिन बाँकी छ । आइतबारदेखि पुनः वयान सुरु हुनेछ । सबैको वयान सकिएपछि मात्रै थुनचेक बहस हुनेछ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार