मंगलवार, आश्विन २० गते २०८३

बीआरआईको विषयमा कुरा गर्दा भारतसँग छलफल गर्नुपर्दैन : योगेश भट्टराई

शुक्रवार , पौष १२, २०८१

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजना अन्तर्गत नभएको दाबी गरेका छन् ।

काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई परियोजना अन्तर्गतको परियोजना भनेर व्याख्या गर्नु गलत भएको बताएका हुन् ।

त्यस्तै उनले आफूहरु एमसिसी र बीआरआईको पक्षधर भएको बताए । उनले थपे, ‘हामी एमसीसकिो कुरा गर्दा चीनलाई बीचमा ल्याउँदैनौं । बीआरआईको विषयमा कुरा गर्दा भारतसँग छलफल गर्नुपर्दैन । भारतीय एक्जिम बैंकको पैसा कहाँ लगानी गर्ने भनेर चीनसँग सल्लाह गर्न जाँदैनौं । यो अहिलेको सरकारको स्ट्याण्डिङ नीति हो ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार