मंगलवार, आश्विन २० गते २०८३

ओलीलाई घनश्याम भुसालको सुझाव- तपाईंले नेतृत्व छाड्दा राम्रो हुन्छ

शनिवार , पौष १३, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीका घनश्याम भुसालले एमालेभित्र उकुसमुकुस बढ्दै गएको दाबी गरेका छन्।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अब पार्टी नेतृत्वबाट बिदा हुन सुझाव दिएका हुन्।

‘भीम रावल त्यहाबाट निकालुनभयो। त्यो अवस्था छँदैथियो, मैले धेरै अगाडिदेखि भन्दै आएको थिए प्रश्न उठाएपछि एमालेभित्र त्यसलाई व्यक्तिगत प्रतिशोधको रुपमा पनि लिइयो। ओलीका नजरमा दुई खालका मान्छे छन्, एकखालका मान्छे उहाँका शत्रु हुन्, अर्का खालका मान्छे उहाँका चाकर हुन्, अझै भन्नुपर्दा जसले उहाँको चाकरी गर्दैन त्यो शत्रु हो। शत्रु होइन भने त्यसले चाकरी गर्छ, यद्यपी भीम रावलले चाकरी गरेनन्। फेरि त्यहाँ बस्ने सबैले चाकरी गर्छन् भन्न पनि होइन।’, उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार