मंगलवार, आश्विन २० गते २०८३

राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश

आइतवार , पौष १४, २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी अध्यादेश जारी गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,२०८१’ जारी गरेका हुन् ।

संविधानको धारा ११४ को उपधारा १ अनुसार राष्ट्रपतिले उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बताएकी छन् ।

केही दिन पहिले बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपति कार्यालय पठाएको थियो । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार