मंगलवार, आश्विन २० गते २०८३

नागार्जुनका मेयर निलम्बित, उपमेयर सुशीला अधिकारी बनिन् कार्यवाहक मेयर

सोमवार , पौष १५, २०८१

काठमाडौं । नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आईतबार बस्नेतमाथि भ्रष्टाचार अनि सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको हो ।

भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा अख्तियारले मुद्दा दर्ता गरेपछि मेयर पदबाट निलम्बन भएका छन् । नेपाली कांग्रेस बागमती प्रदेश कार्य समितिका निर्वाचित उपसभापति समेत रहेका बस्नेतमाथि मुद्दा चलेपछि कार्यवाहक मेयरको जिम्वेवारी उपमेयर सुशीला अधिकारीलाई दिइएको छ ।

अधिकारी नेकपा एमालेबाट दोस्रो पटक उपमेयर निर्वाचित भएकी थिइन् । मेयर बस्नेतमाथि २२ करोडभन्दा माथि बिगोसहित भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार