मंगलवार, आश्विन २० गते २०८३

नयाँ पार्टी घोषणा गर्दै भीम रावल

सोमवार , पौष १५, २०८१

काठमाडौँ। नेकपा एमालेबाट निष्कासनमा परेका नेता डा. भीम रावलले  पार्टी घोषणा गर्ने भएका छन् । बुधबारसम्म रावलले आफ्नो नेतृत्वमा पार्टी घोषणा गर्न लागेका हुन् । 

रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । त्यसपछि पार्टी गठनको तयारीमा जुटेका रावलले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका थिए ।

रावलनिकट स्रोतका अनुसार आगामी बुधबार दिउँसो १ बजे पार्टी घोषणा गर्नेगरी पत्रकार सम्मेलन आयोजना हुने भएको छ । सोमबार बिहान मात्रै उनले नेपाली कांग्रेस (बीपी)का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेटवार्ता गरेका थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार