मंगलवार, आश्विन २० गते २०८३

एकीकृत समाजवादीमा प्रवेश गर्ने सम्भावना जीवितै छ : वामदेव गौतम

सोमवार , पौष १५, २०८१

काठमाडौँ । पूर्वमन्त्री एवं नेता वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) पार्टी प्रवेशका सन्दर्भमा पूर्वप्रधानमन्त्री एवं अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन् । सोमबार एकीकृत समाजवादीको पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नेपाल र गौतमबिच भेट भएको हो । 

भेटका क्रममा पुराना संस्मरणहरु पुनःजीवित गरेको नेता गौतमले बताए । उनले नयाँ पाइला सँगै अघि बढाउनेबारेमा पनि छलफल भएको  बताए  । 

उनले भने, ‘पुराना पुराना संस्मरणहरु पुनःजीवित गरियो । नयाँ आकाशतिर फेरि हिँड्नुपर्छ भन्नेकुरा भयो । आजलाई स्थगित भयो । पार्टीमा आउने सम्भावना छँदैछ ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार