काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसको ठूलै नेता सहकारी ठगीमा देखिए पनि अनुसन्धानका लागि पाता कसेर लानुपर्ने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बैठकको बेला पनि आफूले यही करा भनिरहेको थापाले दावी गरेका हुन् । ‘यदि कांग्रेसको नेता, पदाधिकारी, कहीकतै अनुसन्धानले देखाउँछ भने पाता कसेर लैजानू ।’, मंगलबार मकवानपुरमा भएको कार्यक्रममा बोल्दै थापाले भने ।
गल्ति गरेको भए आफूलाई पनि पाता कसेर लगे हुने उनको भनाइ छ । जसले ठगि गरेको उही दण्डित हुनुपर्ने र अरुले झण्डा लिएर बचाउमा उत्रन नहुने थापाले बताए ।
थापाले भने, ‘सहकारीको पैसा लगेर महिना आठरदश लाख रुपैयाँ तलब खाएर लुटपाट गर्यो भने प्रहरीले के गर्छ ? हाम्रो बोलिचालिको भाषामा पाता फर्काएर लिएर जान्छ । त्यही होइन कानुनको शासन भनेको ?’