काठमाडौं । नेकपा एमालेबाट निष्कासित भीम रावलले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । उनले बबरमहल रहेको कार्की बैंक्वेटमा दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने भएका हुन् ।
उनले परिवर्तित राजनीतिक परिस्थिति र सम्भावित भविष्यबारे पत्रकार सम्मेलनमा जानकारी दिने छन् । रावललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध बोलेकै कारण पार्टीबाट निकालेका हुन् ।
अब रावलले नयाँ पार्टी खोल्ने योजना बनाएका छन् । सम्भव त आजै उनले नयाँ पार्टीको घोषणा गर्नेछन् । यसका लागि उनले थुर्पै नेताहरुसँग छलफल समेत गरेका छन् ।