मंगलवार, आश्विन २० गते २०८३

पुस अन्तिम साता संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी

बुधवार , पौष १७, २०८१

काठमाडौं । सरकारले संसद्को हिउँदे अधिवेशन पुस अन्तिम साता बोलाउने तयारी गरेको छ ।

२५ पुस आसपासमा अधिवेशन बोलाउने तयारी भएको एक मन्त्रीले बोलाएका छन् । उनका अनुसार अधिवेशन बस्दा माघ लाग्न सक्ने वा पुसकै दिनमा पनि बस्न सक्छ ।

संसदमा बिचाराधीन विधेयकहरू अगाडि बढाउने विषयमा सत्तारुढ दलको तर्फबाट पहल लिइरहेकाले विजनेश समेतलाई ध्यानमा राखेर अधिवेशन बोलाउन लागिएको सत्तारुढ दलका नेताहरूले बताएछन् ।

संसद्को वर्षे अधिवेश भदौ ३१ गते अन्त्य भएको थियो । लामो समयसम्म अधिवेशन नबोलाएको भनेर प्रतिपक्षी दलहरूले सरकारको ध्यानाकर्षण समेत गर्दै आएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार