मंगलवार, आश्विन २० गते २०८३

शितल निवासमा ५ देशका राजदूतले लिए शपथ

बुधवार , पौष १७, २०८१

काठमाडौं । विभिन्‍न पाँच देशका लागि नियुक्त भएका राजदूतहरुले आज शपथ लिएका छन् ।

दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत प्रा.डा. कपिलमान श्रेष्ठ, पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल, बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्साल, डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधर र मलेसियाका लागि नेपाली राजदूत डा. नेत्र प्रसाद तिम्सिनाले  शपथ लिएका छन् ।

शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई शपथ ग्रहण गराएका थिए ।

सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि उनीहरुलाई राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेका थिए ।
समारोहमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार