मंगलवार, आश्विन २० गते २०८३

भीम रावलको प्रश्नः पार्टी सदस्य नै नभएको मान्छेलाई स्पष्टीकरण सोधिन्छ ?

बुधवार , पौष १७, २०८१

काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले आफूलाई सोधिएको स्पष्टीकरणबाट आफैं छक्क परेका छन् ।

आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले स्पष्टीकरण वा दोषपत्र भन्ने द्विविधामा परेको जिकिर गरेका छन् ।

‘६ कात्तिकमा स्पष्टीकरण हात पर्‍यो । मैले पत्रलाई राम्रोसँग गम्भीर भएर पढेँ । हालसम्मको एमालेको इतिवृतान्तको सम्झना भयो, रावलले भने, ‘स्पष्टीकरण पत्र हो कि दोषपत्र भन्ने द्विविधा भयो । पत्र भीमबहादुर रावल नेकपा एमालेलाई लेखिएको रहेछ । मेरो नाममा सदस्य वा पद उल्लेख गरिएको छैन । 

रावलले प्रश्न गरेका छन्, ‘पार्टीको सदस्य वा कुनै स्थान नभएको व्यक्तिलाई स्पष्टीकरण सोधिन्छ र ?
रावलले आफ्नो नाम र पद उल्लेख नहुनुलाई केपी ओली गुटको पूर्वाग्रह र चरम द्वेष देखिएको बताएका छन् ।

रावलका अनुसार ‘यसरी स्थान उल्लेख नहुनु केपी ओली गुटको म प्रतिको पूर्वाग्रह, चरम द्वेष र निषेधात्मक मनस्थितिको प्रतिबिम्ब हो, ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार