मंगलवार, आश्विन २० गते २०८३

ओलीलाई रावलका प्रश्नैप्रश्न, केके प्रश्नको जवाफ मागे ओलीसँग ?

बुधवार , पौष १७, २०८१

काठमाडौं । नेकपा एमालेको कारबाहीमा परेका नेता डा.भीम रावलले सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्नैप्रश्न गरेका छन् । पार्टीबाट निष्कासनमा परेपछि आज पहिलोपटक पत्रकार सम्मेलन आयोजना गर्दै रावलले ओलीलाई प्रश्न गरेका छन् ।

रावलले महाधिवेशनमा आफूले अध्यक्षको उम्मेदवारी दिँदैगर्दा ४९ वर्षसम्मको आफ्नो सदस्यता खोस्ने काम भएको, स्वेच्छाकारी ढंगबाट पार्टी चलाएको, निरंकुश बन्दै गएको लगायतका आरोप लगाउँदै प्रश्नहरूको जवाफ मागेका हुन्  ।

ती प्रश्नहरूको जवाफ दिन नसके आगामी निर्वाचनमा एमाले ‘पतन’ हुने रावलले बताएका छन् ।

रावलले भने, देशभक्ति, लोकतान्त्रिक, न्यायप्रेमी जनताको तर्फबाट देश र जनताको हितका लागि उठाइएका विविध विषयमा उठाइएका प्रश्नहरूको तपाईं केपी ओलीले जवाफ दिनैपर्छ । अन्यथा तपाईंले भन्दै आउनुभएको ‘मिसन ०८४, पतन’ सावित हुनेछ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार