काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेताहरु बामदेव गौतमसँग छलफलमा जुटेका छन् । गौतमलाई पार्टीमा भित्राउने तयारी अन्तर्गत यो छलफल भइरहेको हो ।
उपाध्यक्ष प्रकाश ज्वालाका अनुसार छलफल नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा भइरहेको छ ।
एकीकृत समाजवादीका नेताहरु गौतमलाई तेस्रो वरियता दिन सहमत छन् । तर गौतमसँगै एकीकृत समाजवादीमा आउने अन्य नेताहरुको विषयमा भने सहमति जुटिसकेको छैन । बुधवार छलफल सोही विषयमा केन्द्रित रहेको छ ।
छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, महासचिव घनश्याम भूषाल, प्रकाश ज्वाला लगायतका नेताहरु सहभागी छन् ।