मंगलवार, आश्विन २० गते २०८३

एमाले सचिवालय बैठक बस्दै

बिहिवार , पौष १८, २०८१

काठमाडौँ ।  नेकपा एमालेको सचिवालय बैठक बिहीबार बस्दै छ । बैठक पार्टी कार्यालय च्यासलमा दिउँसो  साढे १२ बजे बस्न लागेको हो ।  

आजको बैठकमा केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गरिनेछ । केन्द्रीय कमिटी बैठकको मिति नजिकिँदै गर्दा त्यसका एजेन्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको सो पार्टीले जनाएको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार