काठमाडौं । सत्तारुढ दल नेकपा एमाले सचिवालयको बैठक आज बस्ने भएको छ ।
पार्टीको केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा दिउँसो साढे १२ बजेदेखि बैठक शुरु हुने भएको छ।
एमाले केन्द्रीय कमिटिको बैठक यही पुस २१ र २२ गते बस्दैछ । आजको बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने सम्भावना रहेको छ ।
यही पुस १० गते बसेको एमाले सचिवालय बैठकले एमालेका पुराना नेता भीम रावललाई पार्टीबाटै निस्कासित गर्ने निर्णय गरेको थियो ।
त्यसैगरी सो बैठकले नेता विन्दा पाण्डे र उषाकिरण तिमल्सिनाको जिम्मेवारी ६ महिनालाई खोस्ने निर्णय गरेको थियो ।