मंगलवार, आश्विन २० गते २०८३

योगेश भट्टराईले भने - भीम रावल अझै पार्टीमा फर्किने सम्भावना जिवितै छ

बिहिवार , पौष १८, २०८१

काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावल अझै पार्टीमा फर्किने सम्भावना रहेको नेकपा एमालेका सचिव योगेश भट्टराईले बताएका छन् । 

रावलले पत्रकार सम्मेलन गरी आफ्नो आगामी राजनीतिक यात्राबारे घोषणा गर्दै बुधबार एक टीभीलाई अन्तवार्ता दिँदै रावलको निष्कासनमा केन्द्रीय कमिटीले पुनर्विचार गर्न सक्ने दाबी गरेका हुन् । 

‘जहाँसम्म उहाँले नयाँ पार्टी खोल्छु भन्नुभाछ, त्यो त उहाँको अधिकारको कुरा हो, उहाँलाई मेरो सुझाव के हो भने अझै पनि तपाईं धैर्य गर्नुस्, केन्द्रीय कमिटीलाई पुनर्विचार गर्ने अधिकार छ, तर उहाँले चाहनुपर्छ’, भट्टराईले अन्तर्वार्तामा भनेका छन्, ‘उहाँले चाहनुभयो भने केन्द्रीय कमिटीले पुनर्विचार गर्न नसक्ने त होइन नि।’
यही पुस १० गते एमाले सचिवालय बैठकले रावललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकालेको थियो ।   

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार