मंगलवार, आश्विन २० गते २०८३

श्रीलंकाका पूर्वराष्ट्रपति र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

बिहिवार , पौष १८, २०८१

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घे र प्रधानमन्त्री केपी शर्मा ओलीबीच  भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा दुुई देशबीचको आपसी सम्बन्ध र परस्पर हितका विविध पक्षमा कुराकानी भएको थियो। भेटका अवसरमा प्रतिनिधिसभाका सदस्य एवं वरिष्ठ उद्योगपति विनोद चौधरीसमेत सहभागी रहेका थिए । 

यही पुस १३ गते निजी भ्रमणमा नेपाल आएका श्रीलंकाका पूर्वप्रधानमन्त्रीसमेत रहेका विक्रमासिङ्घे आजै स्वदेश फर्कीने भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार